एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा टोनु घोथानेको उम्मेद्वारी

1221
views

मेलबर्न, २१, बैशाख । – एनआरएनए अष्ट्रेलियाको आगामी निर्वाचनमा अध्यक्ष पदको लागि समाजसेवी टोनु घोथानेले उम्मेद्वारी घोषणा गरेका छन् । अष्ट्रेलियामा राम्रो छवि बनाएका उनले मेलबर्नको कोबर्गस्थित बिगबेली एशियन क्याफेमा पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरेका हुन् । अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुलाई निर्वाचनमा आफुलाई सहयोगको लागि अनुरोध गर्दै उनले भने, ‘म आईसीसी एप्रोचमा काम गर्नेछु । आईसीसी एप्रोच भनेको ईन्कुसिभनेस, कोलावरेटिभ र कन्सल्टेटिभ हो ।’ १) अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका अन्य नेपाली सामुदायिक संघसंस्थाहरुसँग सहकार्य गरी अझ घनीभूत बनाउनेछु । २) नेपाली समूदायको समस्या र उनीहरुको आवाजलाई अष्ट्रेलियाको स्थानीय र संघीय सरकारको तहसम्म लैजाने भरपर्दो व्यवस्था गर्नेछु ।
३ ) एनआरएन अष्ट्रेलियाको आर्थिक गतिविधिहरुलाई अझ बढी उत्तरदायी र पारदर्शी बनाउनेछु । ४) विद्यार्थीहरुको हितमा रहेका अहिलेका कार्यक्रमलाई निरन्तरता दिनेछु । एनआरएन अष्ट्रेलियाको पूरानो कार्यसमितिमा सचिव पदमा भूमिका निर्वाह गर्दै आएका घोथानेको यो घोषणालाई अष्ट्रेलियावासी नेपालीहरुले उत्साहका साथ स्वागत गरेका छन् । अष्ट्रेलियाको भिक्टोरियामा बसोवास गर्दै आएका घोथाने टि डब्लु जी जी का प्रिन्सिपल तथा कानूनविदको रुपमा समेत कार्यरत छन । एनआरएन अष्ट्रेलियाको नयाँ कार्यसमिति चयनको निर्वाचन जुलाई ८ तारिखमा हुँदैछ ।