हिटलरलाई हराएको सम्झनामा रसियाको शक्तिप्रदर्शन

687
views

एजेन्सी मस्को, २७, वैशाख । – दोस्रो विश्वयुद्धमा हिटलरको सेनालाई परास्त गरेको सम्झनामा रसियाले ७२ औँ विजयी दिवस मनाएको छ । मस्कोमा आयोजित भव्य कार्यक्रममा रसियाले आफ्नो शक्ति प्रदर्शन गर्नुका साथै आतिशबाजी पनि गरेको हो । हरेक वर्ष आयोजना हुने यो कार्यक्रममा रेड स्क्वेरमा १० हजार सैनिकहरुले परेड गरेका थिए भने अत्याधुनिक हातहतियार र मिसाइलहरु प्रदर्शन गरिएको थियो ।