वायुप्रदुषणका कारण गौतम बुद्धको जन्मभूमि उच्च जोखिममा

2094
views

भैरहवा, २७, वैशाख । – बढ्दो वायुप्रदुषणका कारण गौतम बुद्धको जन्मभूमि उच्च जोखिममा रहेको वैज्ञानिकहरुले बताएका छन् । देशका पाँच स्थानबाट वायुको स्तरबारे संकल्न गरिएको तथ्यांकले लुम्बिनीमा प्रदुषण उच्च रहेको देखाएको हो । ऐतिहासिक क्षेत्र नजिकै व्यापक औधोकिकरण भइरहँदा वैज्ञानिकहरुले यस्तो बताएका हुन् । जनवरीमा लुम्बनीको फाइन पार्टिकुलेट म्याटर (पिएम २.५) १७३.०३५ माइक्रोग्राम प्रति क्युविक मिटर मापन गरिएको थियो । जबकी सबैभन्दा प्रदुषण भएको भनिएको काठमाडौँमा यो १०८.८२ तथा चितवनमा ११३.३२ मापन गरिएको थियो । विश्व स्वास्थ्य संस्थाले २५ माइक्रोग्राम प्रति क्युविक मिटरलाई सुरक्षित मानेको छ भने नेपाल सरकारले यसलाई ४० माइक्रोग्राम प्रति क्युविक मिटर मापदण्ड तोकेको छ । लुम्बिनी आसपासका क्षेत्रमा सिमेन्ट फ्याक्ट्रीहरु रहेको र त्यसको प्रत्यक्ष असर ऐतिहासिक क्षेत्रमा परेको वैज्ञानिकहरुले बताएका छन् । यसले क्षेत्र जोखिममा परेको उनीहरुको भनाई छ । आइयुसिएन र युनेस्कोले गरेको अध्ययनले पनि त्यस क्षेत्रमा प्रदुषण बढेको देखाएको छ । प्रदुषणका कारण पर्यटक र भिक्षुहरुलाई त्यहाँ अप्ठ्यारो परिरहेको बताइएको छ ।