चिनले बनायो पत्रकार रोबट

2061
views

बेइजिङ – चीनले प्रतिसेकेण्ड ३०० शब्द लेख्न सक्ने जिआओ नान नामक रोबट पत्रकारको आविष्कार गरेको छ । चीनको उक्त आविस्कारसँगै हातले लेख्ने पत्रकारको जागीर धरापमा पर्ने खतरा बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । हरेक प्रकारका लेख लेख्नका लागि तयार रोबट पत्रकारले जुनसुकै विषयवस्तुमा पनि लेख्न सक्ने निर्माण पक्षको दाबी छ । यसले लेखनको साथै विषयवस्तुका बारेमा विश्लेषण समेत गर्न सक्ने बताइएको छ । उक्त रोबट पत्रकारले लेखेको लेख सदर्न मेट्रोपोलिस डेलीले छापिसकेको छ । एक सेकेण्डमा नै कुनै गल्ती बिना लेखिएको उक्त लेख चीनको वसन्त उत्सवका बारेका लेखिएको थियो । चीनले बनाएको यस प्रकारको रोबट पत्रकारको चर्चा अहिले विश्वमा छ ।