नवदृष्टि संवाददाता
पर्वत, २८ बैशाख । जलजला गाउँपालिकाको अध्यक्षका स्वतन्त्र उम्मेदवार यमबहादुर कार्कीले आफ्नो पक्षमा जनलहर उर्लिएको दाबी गरेका छन् ।‘ईष्टकोट’ चुनावी चिन्ह सहित बिहीबार चुनावी प्रचार प्रसारको अन्तिम दिन मतदाता समक्ष पुगेका कार्कीले आफु कुनै दल वा मोर्चाको नभई स्वतन्त्र उम्मेदवारी दिएपछि आफ्नो पक्षमा जनमत उर्लिएको दाबी गरेका हुन् ।
कार्कीले भने ‘मैले जलजला गाउँपालिकालाई समृद्ध बनाउने एजेण्डाहरु सार्वजनिक गरेको छु, मैले सार्वजनिक गरेका १२ बुंदे एजेण्डाले मेरो पक्षमा जनलहर छाएको छ ।’