उपत्यकासहित हरेक प्रदेशमा सेनाको पृतना कार्यालय, पृतनाको नेतृत्व उपरथीले गर्ने

801
views

काठमाडौ, ३०, वैशाख । सरकारले नेपाली सेनाको संरचनामा परिवर्तन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दरबन्दी कायमै राखेर संरचनागत परिवर्तन गरेको हो । अब काठमाडौ उपत्यकासहित हरेक प्रदेशमा सेनाको एउटा पृतना कार्यालय रहनेछ । हाल उपत्यका सहित ६ वटा पृतना कार्यालय छन् । अब दुई र पाँच नम्बर प्रदेशमा पृतना कार्यालय थपिने छन् । पृतनाको नेतृत्व उपरथीले गर्नेछन् । पृतनाको कुल संख्या ८ हुनेछ ।
रक्षामन्त्री बालकृष्ण खाणले त्यहीअनुसार बाहिनी, गण, गुल्म र शाखा, महाशाखा थपघट गरिने बताए । यस्तै मन्त्रिपरिषद् बैठकले उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा प्रदेशहरुको स्थानीय तह संख्या थप्नेबारे अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा रक्षामन्त्री खाँड र कानुनमन्त्री अजयशंकर नायक सदस्य छन् । समितिलाई पाँच दिनभित्र प्रतिवेदन तयार पारेर बुझाउन निर्देशन दिएको छ ।
काठमाडौं, बैशाख ३० । स्थानीय तह निर्वाचनको मौन अवधिमा पनि सामाजिक सञ्जालहरुमा चुनाव प्रचार नरोकिएछि निर्वाचन आयोगले आचारसंहिता पालना गर्न पुनः आग्रह गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले शुक्रबार विज्ञप्ति जारी गरी केही राजनीतिक दल, संस्था, उम्मेद्वार र व्यक्तिहरूले स्थानीय तह निर्वाचनको मौन अवधिमा पनि आफ्ना वेभसाइटलगायत फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालहरुमार्फत निर्वाचनको प्रचारप्रसार गरेको भन्ने जानकारीमा आएको भन्दै प्रचार रोक्न आग्रह गरेका छन् ।
निर्वाचनको मौन अवधि पालना नगरी निर्वाचन आचारसंहिताविपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचारप्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेद्वार र व्यक्तिहरूमाथि निर्वाचन आयोग ऐन २०७३ बमोजिम हदैसम्मको कारबाही हुने समेत आयोगले स्पष्ट गरेको छ ।