धादिङ्मा बम हल्ला

791
views

धादिङ, ३०, बैशाख । स्थानीय तहको निर्वाचनमा मतदाताहरुमा त्रास फैलाउने उद्देश्यले धादिङका ठाउँ ठाउँमा प्रेसर कुकर सहित शंकास्पद बस्तुहरु फेला परेका छन । सिद्धालेक गाउँ पालिकाको कालिदह, थाक्रे गाउँ पालिकाको महादेवबेशी फुल र दशकिलो तथा गजुरी गाउँपालिकाको घाटबेशीमामा बम जस्तै शंकास्पद बस्तुहरु फेला परेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले त्यसलाई हटाएको छ ।
सडकमै राखिएको प्रेसरकुकुरमा बम नभएपनि जनजीवनलाई आतकिंत बनाउनका लागि बमको हल्ला फैलाइएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दिपेन्द्र पञ्जियारले जानकारी दिनुभयो ।
बम रहेको भन्ने जानकारी पाउने बित्तिकै नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको बम डिस्पोजल टोलीले त्यसलाई हटाएको हो । सबै ठाउँको प्रेसर कुकरमा बम नभएपनि माटो र युरिया मल फेला परेको प्रहरीले जनाएको छ । आतंक फैलाउन बाटोमा प्रेसर कुकर राख्नेहरुको पहिचान नभएपनि स्थानीय निर्वाचनलाई भाड्नको लागि नेकपा माओवादी विप्लबका कार्यकर्ताहरुले राखेको हुनसक्ने प्रहरीले बताएको छ ।