आचारसंहिता उलंघन गर्दा स्वास्थ्य मन्त्री भाग्नुपर्यो

673
views

काठमाडौं, ३०, वैशाख । काठमाडौंको कपनबाट आफ्ना उम्मेदवारलाई भोट माग्न पुगेका बेला स्वास्थ्यमन्त्री गगनकुमार थापा स्थानियबाट लखेटिएका छन् । एमाले समर्थित स्थानीयले आचार संहिता बिरुद्ध हिड्न मन्त्रीलाई अधिकार नभएको भन्दै लखेटेका थिए । विरोध सहित स्थानियले लखेटेपछि मन्त्री थापा त्यहाँबाट फरार भएका छन् ।
शनिबार बिहान करिव पौने दश बजे कपनको जोरधारामा भाषण गर्दै गर्दा एमाले कार्यकर्ताले आचार संहित उल्लंघन गरेको भन्दै विरोध जनाएका थिए । विरोध भएपछि थापा कपनको खेलकुद ग्राउण्ड हुँदै बाहिरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
एमाले कपनका पूर्व अध्यक्ष ध्रुव न्यौपानेले मन्त्री थापाले आचार संहिता विपरित भोट माग्दै भाषण गरेकाले आफूहरूले त्यसको कडा विरोध गरेको बताए ।