सिन्धुपाल्चोकमा प्रहरीको हवाइ फायरले स्थिति नियन्त्रणमा

650
views

सिन्धुपाल्चोक, ३१, बैशाख । विभिन्न दुई मतदान केन्द्रमा प्रहरीले स्थिति नियन्त्रणमा लिन ४ राउण्ड हवाइ फायर गरेको प्रहरीले जनाएको छ । मेलम्ची नगरपालिकाको जागेश्वरी निमावी मतदान केन्द्रमा लाइन मिचेको विवादमा स्थानीयले मतदानको लागि राखिएको टेबुल फुटाउन खोजेपछिको विवादमा प्रहरीले तीन राउण्ड हवाई फायर गरेको डिएसपी श्यामकृष्ण अधिकारीले बताए ।
अहिले स्थिति सामान्य अवस्थमा फर्किए पनि केहीवेर मतदान अवरुद्ध भएको थियो । त्यस्तै जिल्लाको भिमटार केन्द्रमा पनि एक राउण्ड हवाई फायर गरिएको छ । अशक्त व्यक्तिको नाममा सहयोगीले भोट हालेकोपछिको विवादलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।
यी बाहेक अन्य मतदान केन्द्रमा भने शान्तिपूर्ण तवरले मतदान भइरहको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दिउँसो २ बजेसम्म ४० प्रतिशत मतदान भएको अनुमान गरिएको छ ।