धौलागिरीका चारजिल्लामा शान्तिपूर्ण तवरमा मतदान

621
views

शुसिल भुजेल
पर्वत, ३१ बैशाख । पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकाका १२९ मतदान केन्द्रमा शान्पिूर्ण तवरमा मतदान कार्य भैरहेको छ । केही मत केन्द्रमा केही समय सामान्य विवाद उत्पन्न भएपनि शान्तिपूर्ण मतदान भएको हो । कुल ९९ हजार दुईसय ४३ मतदाता रहेको पर्वतमा झण्डै ६० प्रतिशत मतदााताले मतदान गरिसकिएको निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिएका छन् ।

पर्वतबागलुङ
बागलुङ जिल्लाका १९२ मतदान केन्द्रहरुमा विहानै देखि मतदाताहरुले उत्साहजनकरुपमा मतदान गरिरहेका छन् । गएराती हिँजो राति बम पड्काएर जनमानसमा आतंक सिर्जना गर्ने दुष्प्रयास गरिएपनि त्यसको कुनै प्रभाव परेकोे छैन । मतदाताहरु निर्धक्क मतदान कार्यमा सरीक भैरहेका छन् ।
चार नगरपालिका र ६ गाउँपालिका रहेको बागलुङमा १ सय ९२ मतदान केन्द्र र १ लाख ५६ हजार ८ सय २ जना मतदाता रहेको जनाइएको छ । गल्कोट मल्म स्थित भैरब मावि केन्द्रमा मतदान गर्न ८८ वर्षिया वृद्ध महिलालाई स्ट्रेचरमा लयाईको थियो ।
म्याग्दी
म्याग्दीमा निर्धारित समयमै मतदान प्रक्रिया शुरु भई शान्तिपूर्ण रुपमा भएको छ । विहान ७ वजेदेखि मतदान कार्य भईरहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । ७१ हजार ४६३ मतदाता, एक नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीका सबै तहमा शान्तिपूर्णरुपमा निर्वाचन भइरहेको छ । मतदाताको सुरक्षाका लागि प्रहरी, नेपाली सेना र शसस्त्रले सदरमुकाम बेनी देखी ग्रामिण क्षेत्रसम्म सुरक्षा दिइरहेको जनाइएको छ ।
मुस्ताङ
मु्ख्य निर्वाचन अधिकृत वलाराम त्रिपाठीका आनुसार मुस्ताङमा विहान ७ बजेदेखी मतदान कार्य शुरु भएको थियो । शान्तिपूर्ण तवरमा मतदान कार्य भैरहेको मुस्ताङमा ७५ पै्रतिशत मत खसिसकेको जनाइएको छ । पाँच गाउँपालिका रहेको मुस्ताङमा ८ हजार चारसय ६१ मतदाता रहेको त्रिपाठीले जानकारी दिनुभयो । १८३ जना उम्मेदवार सहभागी मुस्ताङमा ४२ जना निर्विरोध निर्वाचित भैसकेका छन ।