गोरखामा कांग्रेस १२, माओवादी ७, एमाले ४ र नयाँशक्ति १ ठाउँमा बिजयी

587
views

गोरखा,२ जेठ । गोरखामा जारी मतगणनाको पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसले १२ ठाउँबाट विजय हासिल गरेको छ । माओवादी केन्द्रले ७ ठाउँ र एमालेले तेस्रो स्थानमा ४ ठाउँमा विजय हासिल गरेको छ ।
मुख्य निर्बाचन अधिकृतको कार्यालयका अनुसार नेपाली काङ्ग्रेसका उम्मेद्बारहरु गोरखा नगरपालिकाको वडा नं. १ र २ बाट प्यानलसहित बिजयी भएका छन् । काँग्रेसका उम्मेदवार आरुघाट १ र २, गण्डकी २ र ३, सिरानचोक १ र २, चुमनुब्री ७ बाट बिजयी भएका छन् । चुमनुब्रीको वडा नं. १, २ र ५ बाट यसअघि नै निर्बिरोध निर्बा्चित भइसकेका छन् ।
प्राप्त जानकारी अनुसार माओवादी केन्द्रले गण्डकी गाउँपालिका १, धार्चे गाउँपालिका २, सुलीकोट १ र २, अजिरकोट १ र चुमनुब्री ४ र ६ बाट माओावादी केन्द्रको प्यानल बिजयी भएको मुख्य निर्बाचन अधिकृत वसन्तराज पौडेलले बताए । गोरखामा तेस्रो स्थानमा विजय हासिल गरेको एमालेले गोरखा नगरपालिका ३ बाट प्यानलसहित बिजयी भएका छन् । धार्चे गाउँपालिकाको वडा नं. २, सहिद लखन गाउँपालिका १ र २ का अध्यक्ष पदमा पनि एमालेका उम्मेद्वार निर्बाचित भएका छन् । पालुंङटार नगरपालिका वडा नं १ मा नयाँशक्ति नेपालका अध्यक्षका उम्मेद्वार बिजयी भएका छन् । गोरखामा विजयी यात्रा शुरु भएको छ ।