कछुवा हिडाईको तालमा मतगणना, गणनास्थलमा टोली थप्दै आयोग, काठमाडौं महानगरको मतगणना अब तीन ठाउँबाट

659
views

काठमाण्डौ, २ जेठ । स्थानीय तहको निर्वाचनको मतगणनामा भईरहेको ढिलाईप्रति मध्यनजर गर्दै निर्वाचन आयोगले गणनास्थलमा आजदेखि थप टोली परिचालन गरेको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार ठाउँ र आवश्यकता हेरी टोली थप्ने अधिकार सम्बन्धित निर्वाचन अधिकृतलाई हुने भएकाले त्यस्तो प्रबन्ध गरी गणना कार्यमा चुस्तता ल्याउन निर्देशन दिइएको हो । आयोगले कर्मचारी अपुग वा अन्य समस्या भएमा पनि समाधान गर्ने जनाएको छ ।
स्थानीय तहको निर्वाचनको पहिलो चरणमा गत वैशाख ३१ मा विभिन्न तीन वटा प्रदेशका २८१ तहमा भएको निर्वाचनको गणना हाल भइरहे पनि परिणाम आउँदा कछुवा हिडाईको गति न ढिलाइ भइरहेको छ । मतगणना कार्यमा ढिलाई भएपछि काठमाडौं महानगरपालिकाको मतगणना तीन ठाउँबाट गरिने भएको छ । पहिलो दिन सोमबार एक ठाउँबाट गन्दा राति ११ बजेसम्ममा करिब ३ सयमात्र गणना भएको थियो । परिणाम ढिलो भएको भन्दै आमजनताले व्यापक गुनासो गरेपछि निर्वाचन आयोगले महानगरको मतगणनालाई तीब्रता दिने भएको हो । काठमाडौं महानगरपालिकाको अन्तिम मतगणना परिणाम एक साताभित्र आउने निर्वाचन आयोगले जनाएको छ । जिल्लामा पनि मतगणनामा निकै धिमा गतिमा भएको र परिणाममा समेत ढिलाई भएको छ ।