कुश्मा नगरपालिकामा जोशी २,४९४, सुवेदी १,६८२ र फलेवास नगरपालिकामा शर्मा ५,११८ र तिवारी ४,७९६

614
views

पर्वत, ३, जेठ । पर्वतको  कुश्मा नगरपालिकामा काँग्रेसका उम्मेदवार रामचन्द्र जोशीको पक्षमा २ हजार चार सय ९४ र एमाले उम्मेदवार मेघनाथ सुवेदीको पक्षमा एक हजार ६ सय ८२ रहेको छ । त्यसैगरी माओवादी केन्द्रका उम्मेदवार शंकर गिरको पक्षमा २ सय ४२ मत परेको छ । उपमेयरमा काँग्रेसका उम्मेदवार सिता काफ्लेको लामिछानेको पक्षमा दुई हजार चार सय ४६ छ भने एमालेका उम्मेदवार मुगा पोखरेलको पक्षमा १ हजार ७ सय २२ रहेको छ । त्यस्तै माओवादीको उपमेयरका उम्मेदवार तारा रिजालको पक्षमा २ सय ७८ मत प्राप्त भएको छ ।
यता फलेवास नगरपालिकमा नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्माको ५ हजार १ सय १८ रहेको छ भने नेपाली काँग्रेसबाट प्रमुखका उम्मेदवार गंगाधर तिवारीको पक्षमा चार हजार ७ सय ९६ छ  भने उपप्रमुखका उम्मेदवारमा एमालेकी मञ्जु अधिकारी प्यासीको पक्षमा पाँच हजार १० र काँग्रेसका रेखा गुरुङको पक्षमा ४ हजार ७ सय ८८ मत प्राप्त भएको छ । अहिले सम्म पर्वतका ३४ वटा वडामा मतगणना सम्पन्न भैसकेको छ । जसमध्ये एमाले २०, काँग्रेस ११ र माओवादी केन्द्रले तीन वटा वडामा बिजय भएको छ । महाशिला र पैंयु गाउँपालिकामा मतगणना सम्पन्न भएको छ । भने दुई नगरपालिका र तीन गाउँपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो परिणाम अनुसार कुश्मा नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र जोशीको अग्रता रहेको छ भने फलेवास नगरपालिकामा नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्माको अग्रता रहेको छ