१७ बर्ष निजामतिको अध्यक्ष रहेका पुरी कुनपा–७ बाट जनप्रतिनीधि बने

798
views

पर्वत, ३ जेष्ठ । नेपाली काँग्रेसको तर्फबाट कुश्मा नगरपालिका वडा नं ७ को सदस्यमा परशुराम पुरी ३६२ मत प्राप्त गरी विजयी हुनुभएको छ । नेपाल निजामति कर्मचारी युनियनको निरन्तर १७ बर्षसम्म अध्यक्ष सम्हालनुभएका पुरी सदस्यमा निर्वाचित हुनुभएको हो ।
गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतका अध्यक्ष एवं पर्वत चौतारीका समेत संस्थापक अध्यक्ष रहेका पुरीले राजनीतिमार्फत जनसेवा गर्ने उद्वेश्यले सदस्य पदमा उम्मेदवारी दिनुभएको थियो । ‘उहाँले चाहेको भए जुनसुकै पदमा पनि टिकट पाउनहुन्थ्यो र विजय प्राप्त पनि गर्नुहुन्थ्यो तर, उहाँले नै सदस्य पद रोजेपछि पार्टीले सदस्यमा नै उठायो, र विजयी पनि हुनुभयो उहाँका शुभचिन्तकहरुको भनाई छ ।’ पुरीको विजयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
थुप्रै सेवामुलक संस्थामा आवद्ध पुरीले जनताका कामहरु गर्दै कुश्मानगरपालिकाको विकास र समृद्धिको अभियानमा बाँकी जीवन विताउने बताउनुभयो । मुख्यत वडा नं ७ वासीको चाहना पुरा गर्न राजनीतिमा लागेको बताउँदै पुरीले मतदातासँगै आम जनसमुदायलाइ हार्दिक आभार व्यक्त गर्नुभएको छ ।