नुवाकोटको तादी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

609
views

नुवाकोट, ३, जेठ ।  नुवाकोटको तादी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार नारायणप्रसाद पाण्डे ३ हजार ९० मतसहित विजयी हुनुभएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसकै ईश्वरी उप्रेती ३ हजार ३ सय ५५ मत प्राप्त गरी विजयी हुनभएको छ । पाण्डेका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवारले २ हजार ३ सय ७६ मत र उप्रेतकिा निकटतम प्रतिद्वन्दी एमालेका कृष्णप्रसाद पाण्डेले २ हजार ७ सय ३७ मत प्राप्त गर्नुभएको थियो । तादी गाउँपालिकामा रहेका ६ वटा वडामा मिश्रित परिणाम छ । कांग्रेस तीन, माओवादी केन्द्र २ र एमाले एकवडामा विजयी भएका छन् ।
जसमा वडा नम्बर १ मा कांग्रेसका नकुर तामाङ, वडा नम्बर २ मा माओवादी केन्द्रका बच्चुराम तामाङ, वडा नम्बर ३ मा एमालेका मनोज उप्रेती वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
यस्तै, वडा नम्बर ४ मा कांग्रेसका मुक्तबहादुर श्रेष्ठ, वडा नम्बर ५ मा माओवादी केन्द्रका विष्णुप्रसाद अधिकारी र वडा नम्बर ६ मा कांग्रेसका केशव थापा विजयी हुनुभएको छ ।