महाशिलामा नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाईयो

611
views

सन्दिप पाठक,पर्वत, ५, जेठ । वैसाख ३१ गते भएको स्थानिय स्तरको चुनाव नतिजा आए लगत्तै पर्वत जिल्लाको महाशिला गाउँपालिकामा नवनिर्वाचित जनप्रनिधिहरुलाई सपथग्रहण गराइएको छ । बुधवार सम्पन्न मतगणनापछि नवनिर्वाचित  गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्ष र सदस्यहरुलाई सपथ खुवाईएको हो । उक्त उक्त गाउँपालिकामा नेकपा एमालेका नेता राजुप्रसाद पौडेल अध्यक्षमा र एमालेकै हिरादेवी थापा उपाध्यक्षमा निर्वा्चित हुनुभएको थियो । त्यसैगरी वडा नंं. मा नेपाली काँग्रेस र वाँकी सवै वडाहरुमा एमालेकै वडाअध्यक्ष र सदस्यहरु निर्वा्चित भएका थिए । महाशिला गाउँपालिकाका निर्वाचन कार्यालयका निर्वाचन अधिकृतले नवनिर्वा्चित हरुलाई स्थानिय तह स्वायत्त शासन ऐन अनुसार सपथ खुवाउँदै पदस्थापन गराउनुभएको हो ।