भरतपुरमा फेरि रेणु दाहालको अग्रता

769
views

चितवन,५ ,जेष्ठ ।-चितवनको भरतपुर महानगरपालिकाका मेयर उम्मेदवारको मत अन्तर घट्दै गएको छ । पछिल्लो परिणाम अनुसार एमालेका मेयर उम्मेदवार भन्दा कांग्रेस माओवादी गठबन्धनकी मेयर उम्मेदवारको मत अन्तर २०३ मत मात्र भएको छ । निर्वाचन अयोगले दिएको पछिल्लो परिणाम अनुसार एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले १३ हजार ६ सय ३५ मत ल्याउनु भएको छ । उता कांग्रेस र माओवादी गठबन्धनकी मेयर उम्मेदवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहालले १३ हजार चार सय ३२ मत ल्याउनु भएको छ । सँगै उपमेयरमा कांग्रेसकी पार्वती शाहले १५ हजार पाँच सय २३ मत ल्याउनु भएको छ भने एमालेकी दिव्या शर्मा आचार्यले ११ हजार सात सय ३७ मत ल्याउनु भएको छ ।