आदर्श विद्यालयका विद्यार्थीले पाए उत्कृष्ट चित्रकलाबाट जापानी अवार्ड

891
views

पर्वत, ८ जेठ । आदर्श अंग्रेजी आवासीय माध्यमिक विद्यालय कुश्माका विद्ययार्थी विवेकानन्द कुमार शाह जापानको मिसुबिसि एशियन चिल्ड्रेन इनिकि फेस्टामा उत्कृष्ट चित्रकला अवार्डबाट सम्मानित हुँदै जापानी अवार्ड पाएका छन् । सन् २०१३ मा शाहले बनाएका चित्र डायरी जापान पठाइएको थियो । उनको चित्रकला जापानमा सर्वोत्कृष्ट बनेप्िछ वेस्ट अवार्ड प्राप्त गरेका हुन् ।
आर्दश मावि वर्ष २०७२ साल एस.एल.सी ब्याचका विद्ययार्थी विवेकानन्द कुमार शाहका तर्फदेखि उनका बुवा राजु शाहलाई प्राप्त सर्टिफिकेट तथा आर्ट सामाग्रीको किटव्यागले युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. कमलेश्वर कुमार सिन्हाद्वारा सम्मान गरिएको थियो ।
छोराले जापानी अर्वाड प्राप्त गरेपछि उनका बुवा राजु शाह हर्षित बन्दै विद्यालयको प्रशंसा गरेका थिए । उक्त विद्यालय बिट्रिस काउन्सिलको अवार्ड प्राप्त गरी अन्तराष्ट्रिय स्तरको विद्यालयको रुपमा स्थापित भएको छ । सो अवसरमा राष्ट्रिय सेवा दलबाट छनौट भई बङ्गलादेशको भ्रमण गरी फर्केकी क्याडेट प्रविन्ता चाम्लिङ राईलाई समेत विशेष धन्यवाद व्यक्त गरिएको थियो ।
युनेस्को निमित्त नेपाल शैक्षिक क्षेत्रको उर्वर भूमि भएको बताउँदै विद्यार्थी विवेकानन्द कुमार शाहले जापानबाट सर्वोकृष्ट चित्रकला अवार्ड जित्न सफल राजु शाह र विद्यालयलाई धन्यवाद व्यक्त गरे । विद्यालयका प्रिन्सिपल हिम बहादुर पौडेल क्षेत्रीले विद्यालयलाई यो स्थानसम्म ल्याई पु¥याउनको लागि ठूलो मेहनत र परीश्रम गर्नुपरेको बताउँदै शैक्षिक पुण्य कार्यमा हातोमालो गरी पुन सहयोग पु¥याउने सञ्चालक समिती, शिक्षक कर्मचारी, शुभ चिन्तक प्रति विशेष आभार व्यक्त गरे ।
पौडेलले शैक्षिक कार्यमा युनेस्को निमित्त नेपाल राष्ट्रिय आयोगका शाखा अधिकृत रामचन्द्र तिमिल्सिना र कमलेश्वर कुमार सिन्हाको सहयोग अविसमरणीय रहेको बताउँदै सर्वोकृष्ट चित्रकला अवार्ड प्राप्त गर्न सफल विवेकानन्द कुमार शाहलाई धन्यवाद ज्ञापन गरे ।