पश्चिमाञ्चल क्षेत्रको विद्यार्थी प्रतिभा पहिचान प्रतियोगितामा नमुना विद्यालय उत्कृष्ट

दुई विद्यार्थीले गरे गोली हान्ने टैंक र ड्रोन, हवाईजहाजको प्रर्दशन

2319
views

पर्वत, ८, जेठ । पर्वत जिल्लाको अग्रणी शैक्षिक संस्था नमुना आवासीय माध्यमिक विद्यालयले आफ्नो गौरवपूर्ण शैक्षिक विरासतलाई कायम राख्दै पश्चिमाञ्चल क्षेत्रको विद्यार्थी प्रतिभा पहिचान प्रतियोगितामा उत्कृष्ट बन्न सफल भएको छ । क्षेत्रिय शिक्षा निर्देशनालय पोखराले आयोजना गरेको पश्चिमाञ्चल क्षेत्रभर जिल्ला उत्कृष्ट भएका प्रतिभाहरुकाबीच प्रतिभा पहिचान प्रतियोगीतामा पर्वत जिल्लाबाट विज्ञान तथा गणित विधामा प्रतिष्पर्धा भएको थियो ।
प्रतिस्पर्धामा नमुना आवासिय मावि कुश्माका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु विज्ञान विधामा अनिश लामिछाने र गणित विधामा सागर पौडेल प्रथम बन्न सफल भएका हुन् । प्रतियोगितामा विद्यार्थीहरुले भुकम्पको वेलामा प्रयोग हुने ड्रोन र हवाईजहाजको सफल उडानको प्रर्दशनका साथै गोलि हान्ने टेंक र गणितीय शैक्षिक सामग्रीहरुको प्रर्दशन गरेका थिए । सामाग्री निर्माण समुहका विद्यार्थीहरु सौगात राना, जेनिश पुरी, प्रविन लामिछाने र सबिन पुनले निरन्तर रुपमा प्राविधिक सहयोग गरिरहेका छन । पश्चिमाञ्चल क्षेत्रमा उत्कृस्ट बनेका प्रतिभाले आगामी दिनमा काठमाडौंमा सञ्चालन हुने राष्ट्रियस्तरको प्रतिभा पहिचान प्रतियोगितामा सहभागि हुने अवसर समेत पाएका छन् ।
नमुना आवासिय मावि का अध्यक्ष यम प्रसादले शर्माले विज्ञान प्रविधीको युगमा विज्ञान क्षेत्रमा रुचि भएका विद्यार्थीहरुलाई आवश्यक सामाग्री खरीदका लागि लगानी उपलव्ध भए राष्ट्रिय स्तरमै प्रविधिको विकासमा टेवा पुग्ने बताए ।