देजमोको सनसनीपूर्ण प्रेस नोट- संगठनको आधार निर्माण र प्रतिक्रियावादी तत्वहरुको भण्डाफोर नै मुख्य उपलब्धि

647
views

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एक प्रेस नोट जारी गर्दै स्थानीय तहको पहिलो चरणको निर्वाचनको क्रान्तिकारी उपयोगको क्रममा मोर्चाका नेता कार्यकर्ताले प्रतिक्रियावादी तत्वहरुको भण्डाफोर गर्दै संगठनको आधार तयार पार्न खेलेको भुमिकालाई मुख्य उपलब्धि भएको जनाएका छन् ।
“भर्खरै भएको “स्थानीय तहको निर्वाचन”मा हारजीतको जुन परिणाम बाहिर आएको छ यो अपेक्षित नै थियो । पश्चगामी संविधान अन्तर्गत प्रतिक्रियावादी व्यवस्थाले प्रतिपक्षी दलहरुलाई दल दर्ता नै नगर्ने र चुनाव चिन्ह समेत नदिने गरी आयोजित यो कथित निर्वाचनबाट यस भन्दा भिन्न प्रकारको परिणामको अपेक्षा गर्न पनि सकिन्नथ्यो । हाम्रो मोर्चाले यो निर्वाचनको क्रान्तिकारी उपयोगको नीति अनुसार तलैसम्म कमजोर भएको संगठनको आधार निर्माण गर्ने र प्रतिक्रियावादी तत्वहरुको भण्डाफोर गर्ने काम जुन सम्पन्न गरेको छ त्यसैलाई यसको मुख्य उपलब्धीको रुपमा लिएको छ । यति धेरै प्रतिकुलताका विचमा पनि हाम्रो मोर्चाका केहि उम्मेदवारहरुलाई केही स्थानमा विजयी गराउने र मतदान गर्ने आदरणीय जनता प्रति हार्दिक आभार व्यक्त गर्दछौं र विजय हासिल गर्ने साथीहरुलाई हार्दिक वधाई तथा उम्मेदवार बन्नुभएका सम्पूर्ण साथीहरु प्रति सम्मान व्यक्त गर्न चाहन्छौं । हुन लागेको दोश्रो चरणको निर्वाचनमा तुलनात्मक किसिमले बढि सफलता हासिल गर्ने अपेक्षा समेत गरेका छौं ।”
अध्यक्ष गजुरेलद्वारा जारी गरेको प्रेस नोटमा देजमोका उम्मेद्वारहरुलाई विजयी गराउने जनसमुदाय माथि हार्दिक आभार व्यक्त गरिएको छ । भने विजयी उम्मेदवारहरुलाई बधाई ज्ञापन गर्दै सबै उम्मेद्वारहरु प्रति हार्दिक सम्मान व्यक्त गरेका छन् ।