भरतपुर महानगरपालिकामा एमालेको अग्रतालाई घटाउँदै रेणु दाहाल

609
views

चितवन, जेठ १० – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालले २६ हजार ७ सय ७२ र एमालेका देवी ज्ञावलीले २८ हजार ९ सय ५५ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेकै बेला दाहालले ज्ञावलीसँगको मतअन्तरलाई घटाउँदै लगेकी छन् । भरतपुर महानगरपालिकाको उपमेयर कांग्रेस, पार्वती शाह – ३० हजार १ सय ३३ र एमाले, दिब्या शर्माले – २६ हजार १ सय ९५ मत प्राप्त गरेका छन् ।