राजमार्गको साँघुरो सडकमा सवारी साधनको जाम, यात्रामा सास्ती

700
views

महेन्द्र जिसी
पर्वत, १२, जेठ । बागलुङ–पोखरा राजमार्गको सडक फराकिलो नहुँदा यात्रा प्रायजसो जोखिमपूर्ण छ । राजमार्गमा जोखिमपूर्ण यात्रामा फेरी सवारी जाम लाग्न थालेपछि यात्रुले सास्ती खेप्न थालेका छन् । सवारी चाप बढ्दै जाँदा रामजमार्गको सडकमा जाम लाग्ने गरेको छ । जिल्ला ट्राफिक कार्यालयका सडक जाम हटाउन उचित व्यवस्थापन नहुँदा कुश्मा–पोखरा राजमार्गको सडकमा पछिल्लो समय जाम लाग्न थालेको हो । ट्राफिकको आवश्यक व्यवस्थापनको अभाव तथा गुडने सवारीको चाप नियन्त्रण नहुँदा राजमार्गमा सवारी साधनको जाम बढदै गएको छ ।
कुश्मा नगरपालिका–८ चुवाको भिरमा नियमितजसो सवारीहरुको जाम हुन थालेको सवारी चालकहरुको भनाई छ । जोखिमयुक्त सडक क्षेत्रमा ट्राफिकको उपस्थिति नहुनु र सहरी क्षेत्रमा मात्र ट्राफिकको चासो बढनु लगायतका कारणले राजमार्गमा सवारी जाम र यात्रा जोखीम बन्न थालेको हो । अहिले कुश्मा–पोखरा राजमार्गमा सडक देखी १५ मिटर वार पारको नियम कार्यान्वयन नगराउँदा स–साना सवारी साधनलाई अप्ठ्यारो परेको सवारी धनीको भनाइ छ । जसका कारण यात्रुहरुले समस्या भोग्नुपरेको छ ।
यस क्षेत्रमा दैनिक २ देखी ३ घण्टासम्म सवारी साधनहरुको जाम पर्न थालेको यात्रुहरुले बताएका छन । शिवालय चोक र बजार क्षेत्रमा ट्राफिकले सक्रियता बढाएपनि जोखीम सडकमा पुगेर सवारी व्यवस्थापन नगराउँदा राजमार्गमा पर्ने भिर, खोला तथा जोखीम क्षेत्रको सडकमा यात्रा कष्टकर बन्दै गएको छ । जाम हुने क्षेत्रमा वर्षेनी सवारी दुर्घटना क्षेत्रमा बढन थालेको छ ।