पोखरा महानगरमा एमालेका मानबहादुर जिसी र मञ्जु गुरुङ विजयी

1159
views

पोखरा, १२ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको मेयर, उपमेयरमा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार मानबहादुर जिसीले ६० हजार ४ सय २३ मत ल्याएर मेयर पदमा विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत ल्याउनुभयो । त्यस्तै उममेयरमा मन्जु देवि गुरुङले ५६ हजार ४ सय ४८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकतम् प्रतिष्पर्धी कांग्रेसका सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत ल्याउनुभएको छ ।