सरकारले ल्यायो पशुहित कानुन, वृद्ध पशुलाई कामबाट निवृत्त गरिनुपर्ने

732
views

काठमाण्डौ, १४, जेठ । पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । ‘पशुपंक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देिशिका ल्याएको हो । त्यति मात्र होइन, पशुकल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई अधिकतम ८ घण्टा मात्र काममा लगाउन पाइने प्रावधान द्धावस्थामा पुगेको पशुलाई कामबाट निवृत्त गरी पशुधनीले उचित हेरचाह गर्नुपर्ने प्रावधान समेत निर्देशिकामा समेटिएको छ ।
सरकारले पशुहितका लागि (बुढो र गर्भवती पशुलाई कार्यबोझ कम गर्ने, (भारी बोकेर लरखराउने पशुलाई तुरुन्त काम गराउन रोक्ने र पुन काम लगाउँदा साबिकको भार घटाउने, (बाँध्ने दाम्लो र डोरी घाउ नलाने र पीडा नहुने गरी तयार गर्ने, (वृद्धा अवस्थामा पुगेकालाई कामबाट निवृत्त गरी नियमित हेरचाह गर्ने कानुन ल्याएको हो ।