सभापति शेर बहादुर देउवाद्धारा प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता

693
views

काठमाण्डौ, २०, जेठ । नयाँ प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज व्यवस्थापिका–संसद्, सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको छ । देउवाको उम्मेदवारी दर्तामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रस्तावक र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समर्थक रहनुभएको छ । नेपाली कांग्रेस–नेकपा
माओवादीको गठबन्धनबाट देउवाले प्रधानमन्त्री पदमा आफूलाई निर्वा्चित गराइयोस् भनी उम्मेदवारी दर्ता गराउनुभएको हो । भोलि जेठ २१ गते बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ ।