एमालेबाट ज्यान जोगाउन भरतपुरका ९ माओवादी कार्यकर्ता प्रशासन र जिप्रका

676
views

चितवन, २० जेठ । चितवनको भरतपुर महानगरपालिकाको जारी मतगणनाको क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर नेकपा एमालेका स्थानीय नेताहरुले आफ्ना ९ नेता तथा कार्यकर्तामाथि ज्यान मार्ने धम्की दिएको माओवादी केन्द्र जिल्ला कार्यसमिति चितवनले दाबी गरेको छ ।
माओवादी केन्द्र चितवनका इन्चार्ज इश्वरी भट्टराईले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयलाई बोधार्थ गरी दिएको निवेदनमा एमाले र सो निकटका युवा संघ र अनेरास्ववियूले माओवादीका कार्यकर्ताहरु द्रोणबाबु शिवाकोटी, प्रकाश कँडेल, बोधराज न्यौपाने, अञ्जनकुमार तिमिल्सिना, साजन अधिकारी, सुरज सिंह, उत्तम गुरुङ , दीलिप पौडेल र बसन्तअधिकारी लगायत जिल्ला नेतृत्वसमेतलाई ज्यानै मार्नेसम्मको धम्की दिएको भन्दै जिउधनको सुरक्षाको व्यवस्था मिलाइदिन माग गरिएको छ ।