पोखरामा मेरो माइक्रोफाइनान्स बित्तीय संस्था अन्र्तगत ६० शाखाहरुको समिक्षा

2201
views

नवदृष्टि संवाददाता
पोखरा, २०, जेठ । मेरो माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेड अन्र्तगत ६० वटा शाखाका प्रबन्धकहरुसँग फाइनान्सको रणनीतिक योजना र चालु आर्थिक बर्षको बजेटबारे पोखरामा समिक्षा गरिएको छ । शुक्रबार र शनिवार पोखरामा भएको संस्थाको प्रगती समिक्षा एवं आर्थिक बर्ष २०७४/७५ को कार्यक्रम तथा बजेटबारे समिक्षा गरिएको हो । कार्यक्रममा मेरो माइक्रोफाइनान्स बित्तीय सस्थाका संचालक समितिका अध्यक्ष तथा सिटिजन्स बैंकका अध्यक्ष राजन सिंहभण्डारीले संस्थाले राज्यको गरीबी उन्मुलन गर्न महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । भण्डारीले वित्तिय संस्थाले सर्वसाधारणमा पहुँच वृद्धिका साथै विस्तार भएका सबै शाखाहरु असल, अनुशासित र संस्थाका कर्मचारीको पारदर्शीपूर्ण कार्यले संस्थाका कर्मचारी र ग्राहक समेत खुसी रहेको बताउनुभयो । कार्यक्रमका सभापति तथा मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत राम हरि दाहालले संस्थालाई थप विकसित गर्दै आगामी ४ बर्षभित्र ७५ जिल्लामा शाखा बिस्तार गर्ने नीति अनुरुप अघ बढिरहेकाे बताउनुभयो । उहाँले वित्तिय साक्षरताको कार्यक्रम तथा सामाजिक उत्तरदायित्वको कार्यक्रम समानान्तर रुपमा संचालन गरिने समेत जानकारी दिनुभयो ।
कार्यक्रममा मेरो माइक्रोफाइनान्स बित्तीय संस्थाका ब्यवस्थापक नबराज दाहाल, राजु पुडासैनी, बद्री अधिकारी, शेर बहादुर गुरुङ, उमेश डङ्गोल लगायतले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा सहभागी शाखा प्रबन्धकहरुले शाखाहरुको बार्षिक प्रगति, शाखा व्यवस्थापन सम्बन्धी सबालहरुका साथै आगामी बर्षको प्रक्षेपित मुनाफा, निक्षेप, कर्जा सापटी र व्यवसाय विस्तार सम्बन्धी कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।