बाँकेमा एकैदिन दुई बालिका बलात्कृत

644
views

नेपालगन्ज, २२, जेठ । बाँकेमा एकै दिन दुईजना बालिका बलात्कृत भएका छन् । बाँकेको ढकेरी र कोहलपुरमा दुई बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । बलात्कारका दुवै आरोपीहरु पक्राउ परिसकेका छन् । कोहलपुरमा १८ बर्षीया बालिका बलात्कृत भएकी हुन् । उनी आफ्नै बाबुबाट बलात्कृत भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए । पीडित बालिकाले रक्सीले मातेका बाबुले जबरजस्ती बलात्कार गरेको पीडित बालीकाले प्रारम्भिक बयान दिएको मुद्दा फाँटका प्रहरी निरीक्षक भीम कार्कीले जानकारी दिए । यो घटना बलात्कारको घटना शनिबार भएको थियो । त्यस्तै ढकेरीमा बलात्कृत बालिकाको उमेर १५ बर्ष रहेको प्रहरीले जनाएको छ । उनी बर्दिया निवासी हुन् । बर्दियाकै एक व्यक्तिले ललाईफकाई ल्याएर ढकेरीमा ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकाको अवस्था सामान्य रहेको छ । उनलाई साना हातहरु संस्थाको जिम्मा लगाइएको छ । पक्राउ परेका व्यक्तिविरुद्ध जबरजस्ती करणीको मुद्दा चलाइएको छ ।