डुबेर मरेका भनिएका चितवन माडीका दुई बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका

765
views

चितवन । शनिबार माडीको रामराज्यपुर स्थित मजुवा सिंचाइ पोखरीमा मृत अवस्थामा भेटिएका दुई बालिका डुबेर नभई बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । माडी नगरपालिका–६ रामराज्यपुर स्थित मजुवा सिंचाइ पोखरीमा शनिबार विहान १० बजेको समयमा पिकनिक खान भनी घरबाट गएका बालबालिकाहरुमध्ये माया सुनारकी छोरी वर्ष १० की दिपिका सुनार र दिनेश परियारकी छोरी वर्ष ११ की दिपशिला परियार पोखरीमा मृत अवस्थामा फेला परेका थिए ।
बालिकाहरुको शारीरिक अवस्था र त्यहाँको तत्कालीन परिस्थिति बुझ्दा पोखरीमा डुबेर नभई बलात्कार गरेर हत्या गरेको स्थानीय राजनीतिक पार्टी, महिला संगठन र अधिकारकर्मीहरुले निष्कर्ष निकालेका छन् । दोषीको पहिचान गरी कडा कारबाही गर्न समेत दबाब सिर्जना गरेका छन् ।
अनेमसंघ (क्रान्तिकारी) केन्द्रीय महासचिव तथा नेकपा (क्रान्तिकारी माओवादी) की नेतृ अम्बिका मुड्भरीको अगुवाइमा जिल्लामा कार्यरत राजनीतिक पार्टी, महिला संगठनहरु, अधिकारकर्मी र पत्रकारहरुले संयुक्त रुपमा दोषीको पहचिान गरी कडा कार्वाही गर्न स्थानीय प्रशासनलाई दबाब दिइरहेका छन् । आइबार नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध विभिन्न संगठन र अन्य संगठन तथा अधिकारकर्मीहरुले संयुक्त रुपमा वक्तव्य जारी गरी कारबाहीको माग गदैृ धर्ना दिएका छन् । विभिन्न १९ वटा संगठन तथा अधिकारकर्मीले संयुक्त रुपमा वत्तलव्य जारी गरेका छन् । पछिल्लो समय चितवनमा बालबालिकाहरु बाल यौन दुव्र्यवहार, बलात्कार, बलात्कार प्रयास, बेचविखन जस्ता गम्भीर अपराधको शिकार भइरहेको प्रति उनीहरुले गम्भीर रुपमा ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाएका छन् ।
अम्बिका मुड्भरी– महासचिव, अनेमसंघ (क्रान्तिकारी), सरस्वति विष्ट– अध्यक्ष, अखिल नेपाल महिला संघ, चितवन, शर्मिला विक– उपाध्यक्ष, अनेमसंघ (क्रान्तिकारी), गीता लम्साल, अध्यक्ष, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन, मीना खरेल, निमित्त अध्यक्ष, आदर्श नारी विकास केन्द्रलगायतका १९ वटा संगठनका प्रतिनिधिहरुले संयुक्त रुपमा वक्तव्यमा हस्ताक्षर गरेका छन् । मृतक बालिकाहरुको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । मृतक बालिकाहरुको अनुहारभरि चोट र रगतै रगत देखिएको छ ।