भरतपुर महानगरको पुनः मतदान विवादबारे आजदेखि सुनुवाई

605
views

जेठ २२, काठमाडौं । भरतपुरमहानगरपालिका वडा न १९ मा पुनः निर्वाचन गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटको आज देखि सुनुवाई हुदैछ । उम्मेदवार गुञ्जमान बिक र मतदाता तुलसीराम पाण्डेले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा निर्वाचन आयोगले सत्तापक्षको प्रभावमा भरतपुर १९ नम्बर वडामा पुन मतदान गर्ने निर्णय गरेको भन्दै निर्णय खारेजीको माग गरिएको छ । च्यातिएका ९० मतलाई बदर मानेर बाँकी मत गणना गरिनुपर्ने भन्दै दायर भएको रिटमा माग गरिएको छ । प्रस्तुत रिटको सोमवार पेशी तोकिएको हुनाले आज देखि सुनुवाई हुने भएको हो । गत जेठ १४ गते मध्य रातमा मतपत्र च्याएिपछि त्यसको छानविन गर्न निर्वाचन आयोगले छानविन समिति गठन गरेको थियो । छानविन पश्चात निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम मतगणनास्थल अनधिकृत कब्जा भएको भन्दै १९ का सम्पुर्ण मतपत्रलाई अवैध घोषणा गरेर पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो ।