तीन दल वीच चार बुँदे सहमति, मंगलबारदेखि व्यवस्थापिका संसदको बैठक सञ्चालन

732
views

काठमाडौ २२, जेठ । सत्ता पक्ष र प्रमुख प्रतिपक्ष वीच देखिएको विवाद समाधान गर्दै मंगलबारदेखि व्यवस्थापिका संसदको बैठक सञ्चालन गर्ने सहमति भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा सिंहदरवारमा बसेको तीन दलका शिर्ष नेताहरुका वीच चार बुँदे सहमति भएपछि अवरुद्ध संसद सञ्चालन हुन लागेको हो । संसदको अवरोध हटेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निर्वाचित हुने बाटो खुलेको छ । देउवा अब नेपालका ४० औ प्रधानमन्त्रीमा निर्वाचित हुनु हुनेछ ।
संसदको बैठकलाई काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबारको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । उहाँहरुले आ–आफना तर्क संसदको बैठकमा राख्नु हुनेछ ।