नवदृष्टि संवाददाता
काठमाण्डौ, २२, जेठ । पर्वते युवा कलाकार विक्रम क्षेत्रीले अवसर डिजिटल कम्पनी मार्फत ‘लगन जुरेर’ भन्ने बोलको पञ्चैबाजा गितमा ‘गाउँमा एक्लै हिड्न नि सरम भो’ भन्ने टुक्का गाथेपछि बजार हंगामा भएको छ । विहे गर्ने उमेरका युवायुवतीको मर्म छुनेगरी बजारमा ल्याएको उक्त गितको छायाँकन आफ्नै बिहेमा गरिएको क्षेत्रीको भनाई छ ।
नेपाली गित संगितको बजारमा पृथक खालको गित बनाउन मौलिकतालाई विशेष जोड दिएका क्षेत्रीले उक्त गितको भिडियो छायाँकनका लागि शुटिङ टिम आफ्नै बिहेमा बोलाएको समेत नवदृष्टिलाई बताए । युवा कलाकार विक्रम क्षेत्री र देवी घर्तीको स्वरमा सजिएको उक्त पञ्चेबाजाको गितले बजार तताएको चर्चित युवा कलाकार तथा अवसर डिजिटल कम्पनीका सञ्चालक अमिर सुवेदीको भनाई छ ।
उक्त पञ्चेबाजाको गितको निर्देशन एवं छायाँकन क्षेत्र बहादुर क्षेत्रीले गरेका छन् भने सम्पादन विनोद अधिकारीले गरेका हुन् । पर्वत साविक भंगरा गाविसको काउलेमा जन्मिएका कलाकार विक्रम क्षेत्रीका ‘बसे कुरेर दुईटा आत्मा एक हुने दिन आयो लगन जुरेर’, ‘आकासको जुन,’ बतासै चल्यो’ र जुनी जुनी हजारौ जुनीले समेत उत्तिकै चर्चा पाएको थियो ।