ट्रम्पले भने, ‘मैले भनेर नै अरब मुुलुकले सम्बन्ध बिच्छेद गरे’

624
views

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवादलाई समर्थन गरेकामा आफूले भनेर नै अन्य अरब मुलुकले कूटनीतिक सम्बन्ध बिच्छेदको घोषणा गरेको बताएका छन् ।
ट्रम्पले साउदी अरब, संयुक्त अरब इमिरेड्स, यमन, लिबिया र बहराईनलगायतले आफ्नो आग्रहमा नै राजनीतिक सम्बन्ध बिच्छेद गरेको दाबी गरेका हुन् । उनले हालै भएको साउदी अरबको भ्रमणका क्रममा उनले कतारले साउदीलाई अतिवादी विचारधारालाई समर्थन गरिरहेको जानकारी गराएको उल्लेख गरेका छन् ।
उनले आफूले हालै गरेको साउदी अरब भ्रमणको असर देखिन थालेको बताएका छन् । साउदी भ्रमणको करिब दुई सातापछि आएको ट्रम्पको यो टिप्पणीलाई राजनीतिक विश्लेषकहरुले गम्भीरतापूर्वक लिएका छन् ।साउदीको राजधानी रियादमा आफ्नो भाषणका क्रममा उनले इरानले मध्यपूर्वका अस्थिरता फैलाइरहेको ठहर गर्दै सबै मुस्लिम देशलाई कट्टरपन्थका विरुद्ध खडा हुन आग्रह गरेका थिए ।
ट्रम्पले ट्विटरमा टिप्पणी गर्दै लेखेका छन्, ‘मैले सबै मुस्लिम देशलाई कट्टरपन्थी विचारधारालाई चुनौती दिन भनेको थियो र यसको असर पनि देखिरहेको छ ।’