बिपन्नलाई छात्रवृत्ति दिदै जननिर्वाचित प्रतिनिधिलाई बार्दलीको सम्मान

897
views

चन्द्रश्वर बस्ताकोटी
पोखरा, २५, जेष्ठ । बिपन्न परिवारलाई छात्रवृत्ति प्रदान गर्दै पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलालाई बार्दली बचत तथा ऋण सहकारी सस्था लिमिटेडको स्थापना दिवसको पुर्व सन्ध्यामा बिहिवार पोखरामा बधाई, सम्मान एव शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । सहारा आधारभुत बिद्यालयका बिद्यार्थी विशाल परियारलाई छात्रवृत्तिको रकम पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसी मार्फत हस्तान्तरण गर्दै उद्घाटन भएको कार्यक्रममा सबै निर्वाचित प्रतिनिधिलाई मायाको चिनो दिएर सम्मान गरिएको थियो ।
संस्थाले शुरु गरेको बिषेश छात्रवृत्ति योजनाको पहिलो संस्करण अन्तर्गत भएको कार्यक्रममा सघियताले स्थानिय निकाय सहकारीको अभिभावक भएको बताउदै जनस्तरसम्म बार्दलिले जनताको आर्थिक प्रगतिमा भुमिका खेल्ने मेयर मानबहादुर जिसीले बताउनुभयो । उहाँले नाम नै लोप हुन लागेको शब्द बार्दली राखि नामाकरण भएको सस्थाले बिपन्न परिवारलाई प्रदान गरेको छात्रवृत्ति जनप्रतिनिधिको सम्मानको प्रमाण भएको बताउनु भयो । समाज रुपान्तरण गर्न सहकारीले सकारात्मक भुमिका निवार्ह गर्दै बिकृत रुपमा बाहिर आएका जस्ता सहकारीको काउण्टरमा बार्दलीको भुमिकाको अपेक्षा गर्नुभयो ।छात्रवृत्तिबाट सम्मान कार्यक्रम उदघाटन भएको देख्दा पक्कै बार्दली जनताको सहकारी भएको अनुभूति भएको बताउदै वार्दलीलसँग सहकार्य गरेर जान आफुहरु तयार रहेको उपमेयर मञ्जु गुरुङले बताउनु भयो । बार्दली सग सहकार्य गर्न आफुहरु सधै सकारात्मक रहेको वडा नम्वर ८का वडाध्यक्ष रुद्रनाथ बराल, ४ का वडा अध्यक्ष शंकर प्रसाद बास्तोला लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा सस्थाका सेयर सदस्य एव वडा नम्वर १० का जननिर्वा्चित सदस्य दिपक थापालाई बिषेश सम्मान गरिएको थियो । हिकार्यक्रममा बार्द्लिका ४ सेयर सदस्यहरु उप प्राध्यापकमा पदोन्नति भएकोमा सहकारीले सम्मान गरेको छ । पदम दवाडी, बिपिन बहादुर अधिकारी, बिजय बहादुर थापा, सुदनकुमार मुल्मी, उपप्रध्यापकमा पदोन्नति हुनु भएको हो । स्वागत एव कार्यक्रम समापन गर्दै सबै सेयर सदस्यहरुको सहयोगले आज सहकारीले फड्को मार्न सफल भएको कार्यक्रम को अध्यक्षता गर्नुभएका सस्थाका अध्यक्ष रेशम सापकोटाले बताउनु भयो । सल्लाहकार किरण सापकोटाले शुभकामना एव सचिव मोहन सापकोटाले संचालन गर्नु भएको थियो ।