एनआरएनए फिनल्याण्डको अध्यक्षमा गौतम

724
views

गैरआवासीय नेपाली संघ (एनआरएनए) फिनल्याण्डको अध्यक्षमा बसन्त गौतम सर्वसम्मत हुनुभएको छ । फिनल्याण्डको हेलसिन्कीमा सम्पन्नसंघको पाँचौ अधिबेशनले गौतमलाई सर्वसम्मत चयन गरेको हो ।
संघको उपाध्यक्षमा श्रवण खनाल, बिनिता लामिछाने, महासचिवमा प्रतिष्ठा मिश्र, सचिवमा गोकर्ण खरेल, कोषाध्यक्षमा टेकेन्द्र तिम्सिना महिला संयोजकमा ममता थकाली, युवा संयोजकमा नारायण थापामगरलाई चयन गरेको छ भने सदस्यहरुमा गोपाल अर्याल, सुरेन्द्र अधिकारी, चिरञ्जीवी चापागाईं, अर्मन क्षेत्री,जानकी प्रसाद कोईराला, सान्तोष पन्त र प्रज्वल अर्याल रहेका छन् । साथै सोहि अधिबेशनले पूर्वअध्यक्ष बालकृष्ण श्रेष्ठलाई अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा प्रस्तावित समेत गरेको छ । अन्तराष्ट्रिय समन्वय समितिका सदस्य देविदत्त शर्मा पर्यवेक्षक रहेको उक्त अधिवेशनमा संघका संस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक डा.शम्भु प्रसाद शाहले नयाँ कार्यसमितिको घोषणा गरेका थिए । संघमा अध्यक्षको कार्यकाल २ वषको हुने गरेको छ ।