विकिनी किलर’ चाल्र्स शोभराज अस्पताल भर्ना

632
views

काठमाण्डौ, २६, जेठ । ७३ वर्षिय कुख्यात ‘विकिनी किलर’ चाल्र्स शोभराज मुटुको भल्भमा समस्या देखिएपछि बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएका छन् । मुटुको भल्भको शल्यक्रियाका लागि उनलाई अस्पताल भर्ना गराइएको हो । शक्रवार दिउँसो कडा सुरक्षाकाबीच अस्पताल पु¥याइएको केन्द्रीय कारागारका डिएसपी जनकबहादुर शाहीले जानकारी दिए । सर्वोच्च अदालतले हत्यामा दोषी ठहर गरेका शोभराज १४ वर्षदेखि केन्द्रीय कारागार सुन्धाराको गोलघरमा सजाय भोगिरहेका छन् । शोभराजको मुटुको भल्भ फेर्ने विषयलाई लिएर भारतीय पत्रिका दी इण्डियन एक्सप्रेसले शनिबार शल्यक्रिया हुने खुलासा गरेको थियो । त्यो खुलासामा नेपालमा मुटको भल्भ फेर्न जोखिम भएको भन्दै फ्रान्समा नै उपचार गर्न शोभराजले चाहेको समेत उल्लेख छ ।
२०६० असोज २ गते रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा चाल्र्सलाई प्रहरीले पक्रेको थियो । हत्या र फर्जी राहदानीको मुद्दामा जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।