संघीय समाजवादी फोरम नेपाल र सद्भावना पार्टीबीच एकता

635
views

काठमाण्डौ, २६, जेठ । माओवादीबाट फुटेका उपेन्द्र यादव आफ्नो नेतृत्वमा पार्टी गठनपछि यतिबेला पार्टी एकतालाई जोड दिएका छन् । उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम, नेपाल र सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीबीच शशुक्रबार एकता भएको छ । यादव र गिरीले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै दुई पार्टीबीच एकता भएको उल्लेख गर्नु भएको छ ।
‘नेपालको वर्तमान संविधान लागु भइसके पश्चात्को परिवर्तिन सन्दर्भमा लोकतन्त्र, समानता, भातृत्व, स्वतन्त्रता, सामाजिक न्याय, समाजवाद, संघीयता, गणतन्त्र, विधिको शासन र सुशान जस्ता सिद्धान्तहरु अनुरुप मधेसलगायत सम्पूर्ण मुलुकमा विद्यमान रहेका शोषण दमन तथा विभेदको अन्त्य गरी प्रगतिशील परिवर्ननको क्रममलाई निरन्तरता दिनका लागि सशक्त राजनीतिक दलको निर्माण आजको आवश्यकता भएकाले हामी संघीय समाजवादी फोरम, नेपाल र नेपाली सद्घावना पार्टीबीच एकीकरण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।