हारपछि अर्को प्रहारको तयारीमा काँग्रेस नेता तिवारी

870
views

पर्वत । फलेवास नगरपालिकाको मेयर पदमा अप्रत्यासीत पराजय भोगेका काँग्रेस महासमिति सदस्य गंगाधर तिवारी प्रदेश सभाको सदस्यमा भिड्ने तयारी गरेका छन् । तिवारीले नगरपालिकाका सबै वडाबाट प्रदेश सभाको निर्वाचनमा भिडन् सुझाव दिएको बताउँदै प्रदेश सभामा लड्ने तयारीमा जुटेको बताए । उनले पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि हुने प्रदेश सभाको निर्वाचनमा जुनसुकै अवस्थाबाट टिकट ल्याउने र विजयी भएरै छाड्ने बताए । तिवारीले भने ‘मैले हार्ने चुनाव लडेको होईन् पार्टीभित्रकै एउटा तप्का चुनाव हराउनमा उद्धत बन्यो, अब प्रदेश सभाको सदस्यमा उम्मेदवारीसँगै निर्वाचित भएरै छाड्छु ।’ पार्टीका केही नेता कार्यककर्ताहरुले गर्दा चुनावमा पराजय भोग्नुप¥यो, अब प्रादेशिक चुनावमा यसको समिक्षा सहित अगाडी बढ्छु, तिवारीले भने काँग्रेसमा घात अन्र्तरघातको शैली हटाउन नसके देशैभर पार्टी कम्जोर हुने बताए । उनले व्यक्ति हेरेर घात अन्तरघात गर्ने परिपाटीको अन्त्यका लागि प्रान्तिय सरकारको (एम पि) मा आफ्नो उम्मेदवारी अनिवार्य भएको बताए ।