महेन्द्र जिसी
पर्वत । जिल्लाको सम्पन्न र उत्पादयुक्त स्थानीय निकायको रुपमा मानिएको जलजला गाउँ पालिकामा कृषि उपज संकलन केन्द्रको शिलान्यास गरीएको छ । धौलगिरी कै तरकारी सुन्तला तथा आलु उत्पादनको पकेट क्षेत्र समेटिएको गाउँपालिकामा कृषि उपज संकलन केन्द्रंको निर्माण थालिएको हो । शनिबार गाउँपालिका प्रमुख यामबहादुर मल्ल र वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले संयुक्त रुपमा केन्द्रको शिलान्यास गर्नुभएको हो । ७० लाख लागतमा निर्माण हुन लागेको कृषिक उपज संकलन केन्द्र जलजला गाउँपालिका ८ फर्से धाईरिङमा निर्माण गर्न लागिएको हो ।
जलजला साधना तरकारी बल्कको सक्रियतामा धाईरिङमा उत्पादित तरकारी संकलन गरेर अन्यतत्र बजारमा विक्री वितरण गर्न संकलन केन्द्र निर्माण गर्न लागिएको हो । तरकारी संकलन केन्द्रको शिलान्यास गर्दै गाउँपालिका प्रमुख यामबहादुर मल्लले उत्पादका क्षेत्रमा कृषि मुख्य स्रोत रहेको बताउँदै गाउँपालिकामा उत्पादन हुने सबैखाले उत्पादनमा जोड दिएर आर्थिक सम्वृद्धि गर्ने बताउनु भयो । उहाँले आँफनो कार्यकालमा गाउँपालिकाको शिक्षा स्वाथ्य तथा उत्पादनका क्ष्ँोत्रमा समयानुकुल परिवर्तन गरी आधुनिक पद्धति मार्फत अर्थिक उपार्जनका लाग्ने बताउनुभयो ।
केन्द्रको शिलान्यास गर्दै वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जिल्लाका सात स्थानीय तह मध्ये खेतीयोग्य निकाय रहेका कारण कृषकहरुको मर्कालाई बुझेर आगामी कार्यक्रम बाँडफाँड गराएका गाउँपालिका सम्वृद्ध हुने बताउनुभयो । जलजला साधना तरकारी वल्कका अध्यक्ष हरिओम बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष हरि विकास जिसी, तरकारी कृषक ददिलाल सुवेदी, महिला कृषक गंगा शर्मा लगायतले धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन बल्कका सचिव सावित्री खत्रीले गर्नुभको हो ।