एमाले विरुद्धको षडयन्त्रलाई प्रतिरोध गरे तराई मधेशमा पनि एमाले पहिलो पार्टी

728
views

नेपालगन्ज, २८, जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसमा पनि एमाले पहिलो पार्टी हुने दाबी गर्नुभयो । एमाले विरुद्धको षडयन्त्रलाई प्रतिरोध गरेर तराई मधेशमा पार्टीलाई पहिलो बनाउने ओलीको भनाई थियो । नेपालगञ्ज उपमहानगरपालिकाको उम्मेदवार घोषणा सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गर्नु भएको हो । ओलीले तराई मधेशमा एमाले बडारिन्छ भन्नेहरु आफै समाप्त हुने भन्दै एमालेलाई पराजित गरेर देशलाई कमजोर पार्न चाहनेहरुले एमाले बडारिन्छ भन्ने भ्रम फैलाएको बताउनुभयो । उहाँले शान्ति, सदभाव र राष्ट्रिय स्वाभिमान चाहने तराई मधेशका जनताले एमालेलाई भोट दिने बताउनुभयो । उहाँले पहिलो चरणको निर्वाचनमा एमाले पहिलो शक्ति भएपछि अतालिएकाहरुले २÷४ वटा मतपत्र च्यातेर तमासा गरेको बताउनुभयो ।
असार १४ गते निर्वाचन सार्ने कुरास्वीकार्य नहुने पनि ओलीको भनाई थियो । निर्वाचन अघि स्थानीय तहको सख्यामा कुनै थपघट नहुने स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘ढुक्क हुनुहोस ,असार १४ को मिति सर्दैन, स्थानिय तहको सख्यामा पनि थपघट हुदैन ।’ उहाँले उम्मेदवार नपाएर असन्तुष्ट रहेको कार्यकर्तालाई एकताबद्ध भई निर्वाचनमा होमिन निर्देशन दिनुभयो । ‘असन्तुष्ट भए निर्वाचनपछि सच्याउला तर अहिले साना तिनी कुरामा तपाईहरु नअल्झिन कार्यकर्तालाइ िनर्देशन िनुभयाे ।