कलाकार प्रदिप बोहोरा पागल भए

1359
views

भुमी सुवेदी
बाग्लुङ्ग, २८, जेठ । प्रदिप बोहोरा एक्कासी पागल भएका छन् । गित संगीतमा लागेको धेरै समय भएको थिएन् । संसार उजाडिदो र उकुसमुकुस लायो भन्दै हिडेका थिए । हरेक मानिसलाई प्रेमले नै कहाँ को कहाँ पु¥याउँछ । बोहोरालाई आहिले अर्कै संसारमा पु¥याएको छ । यो सबै प्रदिप बोहोराको बास्तबिक जीवनमा घटेको घटना भने होइन् । उनले ‘पागल प्रेमी’ गीति एल्बममा लय शव्द गरेका थिए ।
केहि समय पहिले ‘ओए किङ् स्टार’ नामक मोर्डन गीतबाट नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका प्रदीपको फेरि अहिले ‘पागल प्रेमी’ लोक गीत सर्वजनिक भएको छ । उक्त गितमा चर्चित गायिका देवी घर्ती मगर र प्रकाश बोहोरा ‘बिरही’ ले स्वर दिएका छन् । चर्चित मोडेल सारीका केसी र सुमन खड्काको अभिनय र खमेश श्रेष्ठको निर्देशनमा बनेको उक्त भिडियोको छायाँकन सागर गौतम रहेको छ भने सम्पादन शक्ति प्रज्वल घिमिरेले गर्नुभएको छ । यसअघि आफ्नै लय सब्द र आफ्नै स्वरमा ‘‘डान्स् गर नेपाली’’ र ‘माया छोडेर नजाउ’ बजारमा ल्याएर ल्याएका थिए । यस लगत्तै उनले आधुनिक तरिकाको नौमति बाजा को गीत बजारमा ल्याउने तयारीमारहेका छन् ।