याम परियार
पर्वत, २९, जेठ । राष्ट्रिय दलित विकास संस्थाको आयोजना र प्लान इन्टरनेसनलको सहयोगमा समावेशी शिक्षा प्रर्वधन परियोजना अन्तर्गत लैङ्िगक बाल अधिकार र बाल सुरक्षा सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ ।
तालिममा विभिन्न बालबालिका संजालका पदाधिकारीहरुको उपस्थिति रहेको छ । तालिममा बालबालिकामा भएका विभिन्न सकारात्मक र नकारात्मक दुबै समस्यालाई पहिचान गरि सकारात्मकलाई प्रोत्साहन र नकारात्मकलाई सुधार गर्ने विषयमा प्रशिक्षण दिइएको हो । उक्त तालिममा बालअधिकार र बालबालिका मैत्री, महिला र पुरुष समान, समानता कायम गराउने वातावरण सृजना गरी सकारात्मक वृद्धि विकासमा सहभागी बनाउने उदेश्यले कार्यक्रम संचालन गरिएको प्रमुख प्रशिक्षक उदबिर नेपालीले बताए । तालिममा साबिक १२ वटा गाविसका २५ जना बालबालिकाको उपस्थिति रहेकोे छ । तालिममा जित बहादुर नेपाली, संस्थाका अध्यक्ष भिम ब नेपाली, उपाध्यक्ष शान्ति नेपाली, घनश्याम बस्याल, रामचन्द्र नेपाली, राम बहादुर नेपाली, शिव परियार ‘याम’ लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।