कालिगण्डकीमा बेपत्ता पुनको शव भेटियो

619
views

नवदृष्टि संवाददाता
बागलुङ, ३१, जेठ । प्रहरीले पक्राउ गर्ने क्रममा ८ दिन अघि भागेर कालिगण्डकीमा हाम फालेका युवाको शव फेला परेको छ । जेठ २३ गते बेलुका मालढुङ्गाबाट नदीमा हाम फालेका काठेखोला गाउँपालिका–८ का सुनिल पुन बेपत्ता थिए । बागलुङका प्रहरी प्रमुख एसपि चन्द्रकुबेर खापुङले पुनको शव नदी किनारमा फेला परेपछि प्रहरी टोली जाँदै गरेको जानकारी दिए । कालीगण्डकी पुल भन्दा तल शव भटिएको उनको भनाई छ ।
लागु औषध प्रयोग गरेको आसंकामा प्रहरीले पक्रने क्रममा छलेर भागेका उनी नदीमा हाम फालेका थिए ।