एसएसपीको बढुवाका लागि गृहमन्त्रीलाई फोन आएपछि कार्वाही सम्मको चेतावनी

550
views

काठमाडौं, । कार्यभार सम्हालेको दुई दिनमै उच्च राजनीतिक नेतृत्वबाट एक एसएसपीको बढुवाका लागि सिफारिस गर्न फोनमा घन्टी बजेपछि गृहमन्त्री चकित पर्नु भएको छ । तीन वटा सुरक्षा निकायहरु प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको राजनीतिक मोहप्रति गृहमन्त्री जनार्दन शर्मा चकित बन्नु भएको हो ।
‘चेन अफ कमाण्ड सुधार्ने पहल गर्छु, हाँसो लाग्छ सुरुका दिनमा दिएको निर्देशन दुई दिन नवित्दै उल्लंघन गरियो, सुरक्षा निकायको राजनीतिक मोहले चकित बनायो, मन्त्री शर्माले भन्नुभयो । गृह प्रशासन सुधारका लागि संचारकर्मीका सुझाव लिन आयोजित कार्यक्रममा मन्त्री शर्माले सहि मूल्यांकन गरेर अगाडी बढ्छु भन्दाभन्दै पनि अनावश्यक दौडधुप गरेर आफुलाई प्रेसर दिएमा सम्बन्धीत सुरक्षा अधिकारीलाई कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ ।
शर्माले ‘आफुले तीनवटै सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप नगर्ने तर तर, राजनीतिक नेतृत्व गर्ने पनि प्रष्ट पार्नुभयो । संवैधानिक उद्देश्य अनुसारसहि नीति लिएर काम गर्छु, मेरो स्वार्थ र उद्देश्य भन्दा पनि सरकारको इच्छा र चाहाना अनुसार काम गर्ने बताउनुभयो । शर्माले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) को कार्यशैली प्रति असन्तुष्ट व्यक्त गर्दै गुप्तचरले दिने रिर्पोट भन्दा पत्रपत्रिकामा आउने रिर्पोट धेरै हुने बताउनभयो ।
उहाँले यस्तो सूचना संकलनले नहुने भन्दै अझै परिस्कृत र गोप्य सूचना चाहिएकोले गुप्तचरलाई पुर्नर्संरचना गर्नुपर्ने आवश्यक रहेको खुलाउनुभयो । फिल्डमा सिपाहीको मनोबल वृद्धि नगरि शान्ति सुरक्षा सुधारोन्मुख नहुने उहाँको धारणा थियो ।
‘समयमा बढुवा नहुँदा धेरै प्रहरी अधिकृतको वृत्तिविकासमा असर गरेको कुरा सत्य भएको बताउँदै शर्माले दोश्रो चरणको निर्वाचन सम्पन्न भएपछि संगठन सुधार र यसका उद्देश्य प्राप्तिप्रति दृढ भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।