दैलेख बस दुर्घटनामा ११ को ज्यान गयो

610
views

दैलेख – कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९५८ नम्वरको पवनद्रुत यातायातको यात्रुवहाक बस कर्णाली राजमार्गको आठबिस नगरपालिका–४ नयनमन्दिर नजिक बुधबार दिउँसो साँढे तीन बजे दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । साँगुरो र घुमाउँरो सडकमा बस सडकबाट कर्णाली नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । स्थानीयले नदीबाट ११ जनाको शव निकालेका छन् । शव निकालिएकाहरुमध्ये ७ जना पुरुष, ३ जना महिला र १ जना बालक रहेको स्थानीय खगेन्द्र शाहीले जानकारी दिए । प्रहरीले दुर्घटनामा मृत्यु भएकाहरुको विवरण नखुलेको जनाएको छ । बस पूर्णरुपले नदीमा डुवेकोले कति यात्रु चढेका थिए एकिन नभएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार कर्णाली राजमार्गअन्र्तगत खिड्कीज्यूलामा सडकदेखी बस तल खसेको हो । दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बस दुर्घटनामा उद्धारका लागि प्रहरी खटाएको बताए ।