कम्युनिटी सर्पोट ग्रुपलाई अपारदर्शिताको आरोप

791
views

महेन्द्र जिसी
पर्वत । पर्वतमा गत पौष ८ गतेदेखि घर तथा समुदायमा आधारित हेरचाह सेवा कार्यक्रम शंकाको घेरामा तानिएको छ । पाँच महिनाको अवधिमा भएको कार्यक्रमको बजेट सार्वजनिक गर्न र प्रगति विवरण देखाउन नसकेकोले उक्त संस्था उपर शंका बढेको छ । संस्थाले कार्यक्रमको कुल बजेट, अहिलेसम्मको प्रगति, उपलब्धी, कार्यक्षेत्रका बिषयमा अस्पष्टता ब्यक्त गरेको छ । बुधबार जिल्ला स्वास्थ्य कार्यालयमा भएको समन्वय बैठकमा संस्थाले खासै राम्रो विवरण नदिएपछि संसथा उपर शंका बढेको हो । कम्युनिटी सपोर्ट गु्रप शाखा कार्यालय पर्वतका अधिकृत प्रेम केसीले बैठकमा बजेट र कार्यक्रम पहिले नै सार्वजनिक गरिएको दावी गर्दैै सहभागिलाई आर्थिक पारदर्शीता देखाएनन् ।
बैठकमा स्थानीय विकास अधिकारी बिष्णुप्रसाद भुसाल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.बुद्धिबहादुर थापा, महिला विकास अधिकृत सिता थापा, कुश्मा नगरपालिकाका कार्यकारी अधिकृतले पहिलो पटक उक्त कार्यक्रममा उपस्थित भएको बताएका हुन ।
संस्थाले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको आर्थिक सहयोग र एनएपिएनको साझेदारीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्ला स्थित राज्यका निकायसँग समन्वय र जानकारी नहुनुले परियोजनामै घोटाला भएको आशंका गरिएको छ । बैठकमा महिला तथा बालबालिका कार्यालय पर्वतका प्रमुख सिता थापाले एउटा तथ्यांकका आधारमा बास्तविक कुरा नबुझी सहयोग गर्न नसक्ने बताउनु भयो । केसीले ‘तथ्यांक मात्र सार्वजनिक गरेर व्यक्तिको नाम लुकाईनुले कार्यक्रम माथी नै शंका लागेको बताउनुभयो । राज्यले कसम खाएर जागिर खाएका हामीलाई गोप्य रुपमा जानकारी नगराउनु दुःखद पक्ष हो ।’ केसीले भन्नुभयो ‘ब्यक्तिको गोपनियताका बिषयमा आफुले स्पष्ट बुझ्न नपाएको भन्दै कार्यालयका प्रमुखलाई जानकारी नै नभई कुनैपनि सरसहयोग नगर्ने बताउनुभयो । समन्वय बैठकमा कार्यक्रमको कुल बजेट, हालसम्मको प्रगति, कार्यक्षेत्र लगायतको बिषयमा जिज्ञासा राखेपनि संस्थाले पहिले नै सार्वजनिक गरेको भनी उम्कने प्रयास गरेपछि स्थानीय विकास अधिकारी बिष्णुप्रसाद भुसालले पारदर्शिताको बिषय भएन भने शंका रहने बताउदै सबै कुरा सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।