कोरियामा दश दिनमा पाँच नेपाली कामदारको मृत्यु

611
views

दक्षिण कोरिया(सोल) पछिल्लो दश दिनको बीचमा दक्षिण कोरियामा पाँच नेपाली कामदारको मृत्यु भएको छ । ईपिएसमार्फत काम गर्न कोरिया पुगेका नेपालीहरुको मृत्यु संख्या बढ्दै गएपछि नेपालीहरु चिन्तित बनेका छन् । दश दिनको बीचमा दुई जना नेपालीले आत्महत्या गरेका छन् । दुई नेपालीले काम गर्दा गर्दै दुर्घटनामा परेर ज्यान गुमाएका छन् भने गएराति एक नेपाली सुतेको अवस्थामा मृत भेटिएका हुन् । म्याग्दीका २७ बर्षीय शिव कुमार कार्की सुतेकै अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । उनी कोरियाको खिम्फोस्थित कार्यरत कम्पनीको होस्टलमा बस्दै आएको कोरियन प्रहरीका लागि भाषा अनुवाद गर्ने नेपाली उमेश बस्नेतले बताउनुभयो । करिब नौ महिना अघि रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कामका लागि उनी कोरिया आउनु भएको हो । मृतक कार्कीको शव अहिले किम्फोस्थित अस्पतालमा राखिएको र प्रहरीले अनुसन्धान जारि राखेको बस्नेतले बताउनुभयो ।