शंकर लामिछानेको कुश्मा, बाग्लुङ्ग नगरपालिका गिति एल्बम कुश्माबजारमा विमोचन

10
views

नवदृष्टि संवाददाता
पर्वत, १७, असोज,
घटस्थापनाको दिन पारेर सर्जक शंकर लामिछानेको कुश्मा बाग्लुङ्ग गिति एल्बम बिहिबार कुश्माबजारमा सार्वजनिक गरिएको छ । कुश्मा बजारमा एक कार्यक्रमको आयोजना गर्दै अन्र्तराष्ट्रिय पर्वत सेवा समाजका संस्थापक अध्यक्ष पुरन गिरि तथा समाजसेवी फुलराज लामिछानेले विमोचन गरेका छन् ।

विमोचन कार्यक्रममा प्रमुख अतिथि अन्र्तराष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष पुरन गिरीले कला संस्कृति मार्फत जिल्लालाई चिनाउन सर्जक शंकर लामिछानेको योगदान रहेको बताए । फुलराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गिष्त प्रतिष्ठानका नेपाल पर्वतका अध्यक्ष पुजा कार्की, पत्रकार महासंघका सचिव राजबाबु पिसी, लोक गायक कृष्ण अखेली लगायतले बोलेका थिए ।
सो कार्यक्रममा स्वागत भिडियो निर्देशक अर्जुन थापाको स्वागत, व्यवस्थापक सरेश रेग्मी र संचालन दिपेश वि पोखे्रलले गरेका थिए । कार्यक्रममा स्थानिय कलाकार, लोकसंगीत प्रेमीहरुको सहभागिता रहेको थियो ।

कुश्मा जन्मघरभई अष्ट्रेलिया बस्दै आएका शकर लामिछानेले ठुलो पर्दाको किन लाग्छ माया र अन्य ए नेपाली हो, सावधान, बोक्सी जस्ता सट मुभीमा पनि उनले अभिनय गरेका छन् । यो गिति एल्वममा पर्वत तथा बाग्लुङ्गमा रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रहरुमा छायाङ्कन गरिएको छ । गितमा सुरज श्रेष्ठ र गायकी कासिम्रन परियारले आवाज दिएका छन् ।
भिडियो अर्जुन थापाको निर्देशन ,छायाक रोहित पाण्ड,े सम्पादन नेत्र गुरुङ कोरियो ग्राफी, विशाल नेपाली, अभिनय ज्योती परियार र विशाल नेपाली लगायतले गरेका छन् ।