भरतपुरका मेयर उम्मेदवार देवी ज्ञावालीका छोरा सहित २ जनालाई मुद्दा

611
views

चितवन, ३, असार । प्रचण्डपुत्री रेणु दाहाललाई अश्लिल आरोप लगाइएको भन्दै भरतपुरका मेयर उम्मेदवार देवी ज्ञावालीका छोरा सहित २ जना बिरुद्ध मुद्दा दायर भएको छ । देवी ज्ञावालीका छोराले निरव नाम गरेको फेसबुक मार्फत रेणुलाई अश्लील लेखेको र एस बि बोहोराको नामबाट फेसबुक चलाउने सन्तोष बोहोराले भरतपुर महानगरपालिकाको वडा नं १९ मा घरदैलो कार्यक्रमको नाममा पैसा बाँडेको लेखेका थिए । रेणुका श्रीमान अनिल कुमार पाठकले बिध्युतिय अपराध अन्तर्गत मुद्धा दायर गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनमा अनिल कुमार पाठकले दायर गरेको मुद्दामा भरतपुरमा माओवादी (कांग्रेसबाट साझा मेयर उम्मेदवार रेणु दाहाललाई अश्लिल आरोप लगाइएको भन्दै कारबाहीको माग गरिएको छ । पाठकले आफ्नो मुद्धामा लेखेका छन् – ‘सामाजिक संजाल फेसबुक मार्फत सबैले पढ्न बुझ्न जान्न सक्ने गरि सार्वजनिक रुपमा कथित आरोप र अश्लिल शब्द प्रयोग गरी मेरो श्रीमती रेणु दाहाल, हाम्रो परिवार तथा आफन्तजनहरु समेतको इज्जत, मान प्रतिष्ठामा जानीजानी आघात पुर्याएको छ ।