बृहत् सरसफाईको ५५ औं कार्यक्रम कश्यपतालमा सम्पन्न (तस्विर सहित)

1000
views

पोखरा, ३, असार, ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदाले महत्त्वपूर्ण कास्की कोटस्थित कश्यपतालमा ५५औं हप्ताको पोखरा उपत्यका बृहत् सफाइ अभियान सम्पन्न भएको छ । हाम्रो कास्कीकोट युवा सञ्जालले तालको यस भन्दा अगाडि झार लगायतको सरसफाइ गर्दै आएपनि यस पटक प्लास्टिकजन्य फोहोर सफाई गरिएको हो ।
राष्टियगान बजाएर स्थानीय विकास अधिकारीले कार्यक्रम शुभारम्भ गर्नुभएको थियो । बार्दली बचत तगा ऋण सहकारीका अध्यक्ष रेशम सापकोटाले १५ वटा डोको र सबैलाई पञ्जा उपलब्ध गराउनु भएको कार्यक्रममा बरिष्ठ पत्रकार कृष्णप्रसाद बास्तोलाले सबैलाई सपथ खुवाउनु भएको थियो । कार्यक्रममा बार्दली ऋण तथा सहकारी संस्था, हाम्रो कास्कीकोट युवा सञ्जाल, मुक्तिनाथ बिकास बैक, अभियान युवा क्लब, स्थानिय जनप्रतिनिधि, स्थानीय आमा समूह,स्थानीय भजन चुड्का समुह, नेपाल रेडक्रस सोसाइटि, बाल क्लब, विभिन्न क्षेत्रका सामाजिक अभियन्ताहरुहरुको सहभागिता रहेको अभियान्ता राम बहादुर पौडेल ले बताउनु भयो । सरसफाई पछि वातावरण स्वच्छ राख्न ५५ औ कार्यक्रम सम्म आईपुग्दा भएका क्रियाकलापको फोटो पदर्शनी भएको थियो । कार्यक्रमको समापन वडा नम्वर २४ का नव निर्वा्चित अध्यक्ष ओम सुवदीले गर्नु भएको थियो । कश्यप ताल सरसफाई पछि फर्केको अभियान्ताको टोलिले पोले ९१८, सराङकोट स्थित पार्किङ नजिकै बिग्रेको बाटो मर्मत गरेर पोखरा फर्केको छ ।